शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन

शनिबार, ०८ वैशाख २०८१, २० : ४६
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । 

उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् । रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् । 

पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो । आफ्नो लागि जागिर खान र जन्मभूमिको लागिमा केहि गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला । महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ ।’  

पुन वर्षौदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने तयारीमा छन् । उनले केही दिनअघि आत्मकथा पुस्तक बिक्री गरेर पाँच करोड आम्दानी भएको जानकारी दिएका थिए । सोही पैसा उनले कारखानामा लगानी गर्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप