आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।
उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् । रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् ।
पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो । आफ्नो लागि जागिर खान र जन्मभूमिको लागिमा केहि गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला । महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ ।’
पुन वर्षौदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने तयारीमा छन् । उनले केही दिनअघि आत्मकथा पुस्तक बिक्री गरेर पाँच करोड आम्दानी भएको जानकारी दिएका थिए । सोही पैसा उनले कारखानामा लगानी गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण