माल्दिभ्समा संसदीय चुनावको मतदान
आइतबार, ०९ वैशाख २०८१, १४ : ४८
कोलम्बो । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसद्को ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र तीमध्ये ४२ महिला उम्मेदवार रहेका छन् ।
यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य रहेका छन् । माल्दिभ्सले निर्वाचन क्षेत्रमा छ सय दुई मतदान केन्द्र स्थापना गरेको छ ।
तीमध्ये तीनवटा विदेशमा श्रीलङ्काको कोलम्बो, भारतको त्रिवेन्द्रम र मलेसियाको क्वालालम्पुरमा रहेका छन् । स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण