शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा संसदीय चुनावको मतदान

आइतबार, ०९ वैशाख २०८१, १४ : ४८
आइतबार, ०९ वैशाख २०८१

कोलम्बो । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसद्को ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र  तीमध्ये ४२ महिला उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य रहेका छन् । माल्दिभ्सले निर्वाचन क्षेत्रमा छ सय दुई मतदान केन्द्र स्थापना गरेको छ ।

तीमध्ये तीनवटा विदेशमा श्रीलङ्काको कोलम्बो, भारतको त्रिवेन्द्रम र मलेसियाको क्वालालम्पुरमा रहेका छन् । स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप