लुम्बिनीका कृषि मन्त्री अहिरको राजीनामा तत्काल स्वीकृत नहुने
बुटवल । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रवक्ता एवं स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले कृषि मन्त्री अहिरले दिएको राजीनामा तत्काल मुख्यमन्त्री जोख बहादुर महराले स्वीकृत नगर्ने बताए ।
मुख्यमन्त्री काठमाडौँ गएको बेला अकस्मात् मन्त्री अहिरले राजीनामा दिएकाले तत्काल स्वीकृत नगर्ने प्रवक्ता पुनले बताए । उनले भने, ‘यो गठबन्धन सरकार हो, मन्त्री भन्दा पनि गठबन्धन ठुलो तर उहाँको चित्त नबुझेको विषयमा छलफल गर्न सकिन्थ्यौ एक्कासि राजीनामा दिएर ठुलो गल्ती गर्नुभयो ।’
पुनले मुख्यमन्त्रीले यो विषयमा केन्द्रीय नेताहरूसँग सल्लाह गरेर अगाडि बढ्ने बताए । लुम्बिनीमा सरकार बनाउने बेला गठबन्धनबिच आफ्नो पार्टीलाई दुई मन्त्रालय दिने सम्झौता भएको तर नदिएको भन्दै अहिरले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । उनले सरकारको समर्थन भने कायम राख्ने बताए । जसपाको लुम्बिनी प्रदेशमा ३ सिट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण