लगातार तेस्रो उपाधि नजिक पीएसजी
सोमबार, १० वैशाख २०८१, ०६ : ४५
पेरिस । लियोनलाई आफ्नो घरेलु मैदानमा सजिलै हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक लिग वानको उपाधि जित्ने नजिक पुगेको छ । आइतबार भएको खेलमा पीएसजी ४–१ गोलले विजयी बन्यो ।
किलियान एम्बाप्पे बिना खेलको सुरुवात गरेको पीएसजीले खेलको तेस्रो मिनेटमा नै नेमान्जा माटिचको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । ३ मिनेटपछि लुकास बेराल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
३२ औँ मिनेटमा गोनकालो रामोशले तेस्रो गोल गरे । अर्नेस्ट नुमाहले लियोनका लागि एक गोल फर्काए पनि ४२ औँ मिनेटमा रामोशले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए ।
पीएसजीले लिगको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको छ । २९ खेलपछि पीएसजीको ६६ अङ्क छ । मोनाको ५५ अङ्कसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण