अभिनेता पंकज त्रिपाठीका भिनाजुको सडक दुर्घटनामा मृत्यु, दिदी घाइते
मुम्बई । अभिनेता पंकज त्रिपाठीका भिनाजु राकेश तिवारीको सडक दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ करिब ४ बजे धनबाद जिल्लाको निरसा चोक नजिकै भएको सडक दुर्घटनामा पंकजकी दिदी सविता तिवारी पनि गम्भीर घाइते भएकी छन् ।
उनको धनबादको एसएनएमएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ तर उनी खतरामुक्त छन् ।
घटनाको खबर पाएलगत्तै पंकज त्रिपाठी मुम्बईबाट कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट धनबाद प्रस्थान गरेका थिए । चित्तरञ्जन रेलवे कारखानामा काम गर्ने पंकजका भिनाजु सवार कार तीन फिट अग्लो डिभाइडरमा ठोक्किएको थियो । उनी शनिबार साँझ श्रीमती सविता तिवारीसँग कारमा गोपालगञ्जबाट चित्तरञ्जन जाँदै थिए ।

निरसा चोकमा पुग्ने बित्तिकै अटोलाई बचाउन खोज्दा आफ्नो कारको नियन्त्रण गुमाएपछि तीव्र गतिमा रहेको कार तीन फिट अग्लो डिभाइडरमा ठोक्कियो । दुर्घटनामा राजेशको टाउकोमा गम्भिर चोट लागेको थियो ।
सूचना पाएलगत्तै निरसा थानाको प्रहरी स्थानीयको सहयोगमा पुगेर दुवैलाई उपचारका लागि धनबाद एसएनएमसीएच पठाइएको थियो । जहाँ उपचारका क्रममा राकेशको मृत्यु भएको हो ।
पंकज हालै ओटीटीमा रिलिज भएको ‘मर्डर मुबारक’ मा देखिएका थिए। उनको आगामी फिल्म ‘स्त्री २’ यही वर्ष रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण