शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मनाइयो तेमाल जात्रा, तस्बिरहरू
फोटोफिचर

मनाइयो तेमाल जात्रा, तस्बिरहरू

सोमबार, १० वैशाख २०८१

काठमाडौँ। प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो, तिमालजात्रा। 

temal jatra (1)

 तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।

temal jatra (4)

प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गरेको छ।  

temal jatra (5)

यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरू रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरूको मोक्षका लागि कामना गर्दछन् ।

temal jatra (2)temal jatra (3)temal jatra (6)temal jatra (7)temal jatra (8)temal jatra (9)temal jatra (10)temal jatra (11)temal jatra (12)temal jatra (13)temal jatra (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया