प्रभु बैंकको सञ्चालकबाट तीन जना बाहिरिए, सिंह र मानन्धरलाई नियुक्ति
काठमाडौँ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिबाट तीन जना सदस्य बाहिरिएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा.गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् ।
२०८१ वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको ३३५ औँ बैठकले केन्द्रीय समिति समक्ष तीन जना सदस्य खड्का, कालिकोटा र गीता प्रधानले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
तीन जना सदस्यहरूको राजीनामा स्वीकृत पश्चात् रिक्त रहेको पदमा संस्थापक शेयर धनी समूहकै तर्फबाट सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२ सानेपाका अंगिरमान सिंह र काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं.३ का तारा मानन्धरलाई सदस्यमा नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ ।
उक्त जानकारी सञ्चालक समितिले नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण