तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँ । तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवा खेतीतर्फ लागेका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो ।
गत आव २०७९/८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । त्यतिबेला पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवा खेती हुँदै आएको छ ।
पछिल्लो केही वर्षयता बाँदरले दुःख दिन थालेपछि किसान अदुवा खेतीमा आकर्षित भएको पाइएको छ । बाँदरले अदुवामा क्षति नपुर्याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन् । ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले जानकारी दिए ।
स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवा खेतीमा लागेका छन् । घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ । निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको बताए । गाउँपालिकाले प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण