एमालेका एक जनाको जिब्रो चिप्लियो भने हंगामा हुन्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कहीँ कतै एकजनाले बोल्दा जिब्रो लटपटियो या चिप्लियो भने एमालेभित्र यस्तो भयो र उस्तो भयो भनेर समाचार बन्ने र हंगामा चल्ने गरेको बताएका छन् ।
नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कसैले थोरै कमजोरी गर्दा पनि त्यसले विभिन्न पक्षमा आशा पलाउन थाल्ने बताए । ‘आशा पलाउन थाल्छ, एमालेमा यस्तो भयो भनेर । यो हामी सतर्क हुने कुरा हो’, ओलीले भने,‘नेकपा एमाले आज एकताबद्ध र एक ढिक्का छ र एकताबद्ध रहनेछ ।’
उनले एमालेले आफ्नो काँधमा रहेको अभिभारा बुझेको पनि बताए । ‘सम्मृद्ध नेपाल, सुखी नेपाल हामीलेमात्रै बनाउँछौँ भनेको छैन । अरूको पनि साथ लिन्छौ तर अगुवाइ नेकपा एमालेले गर्नुपर्छ’, ओलीले भने, ‘अगुवाइ पदको भनेको होइन, विचारधारात्मक अगुवाइ गर्दै आएको छ ।’
उनले प्रतिबन्धित अवस्थामा पनि एमाले सही बाटो हिँडेको बताए । ‘प्रतिबन्धित अवस्थामा हामीलाई बन्द गरेका थिए, हिरासतमा राखेका थिए । नेपाल बन्द त्यसवेलाका राजाले गरेका थिए त्यसवेला पनि हामी सही बाटो हिँडेका थियौ’, ओलीको भनाइ छ । उनले कम्युनिस्ट पार्टी लक्षिनको भएको भन्दै यसको जन्मपछि राजा, राणा र पञ्चायत फालिएको बताए । ओलीअघि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई गाली गरेकोमा झोक्किएकोमा ओलीले व्याङ्ग्य गर्न भ्याए । उनले देउवालाई मेरा पुराना मित्र भन्दै कहिलेकहिले देउवा जोस्सिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण