शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
हीरक महोत्सव

एमालेका एक जनाको जिब्रो चिप्लियो भने हंगामा हुन्छ : अध्यक्ष ओली

सोमबार, १० वैशाख २०८१, १५ : ०२
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कहीँ कतै एकजनाले बोल्दा जिब्रो लटपटियो या चिप्लियो भने एमालेभित्र यस्तो भयो र उस्तो भयो भनेर समाचार बन्ने र हंगामा चल्ने गरेको बताएका छन् । 

नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कसैले थोरै कमजोरी गर्दा पनि त्यसले विभिन्न पक्षमा आशा पलाउन थाल्ने बताए । ‘आशा पलाउन थाल्छ, एमालेमा यस्तो भयो भनेर । यो हामी सतर्क हुने कुरा हो’, ओलीले भने,‘नेकपा एमाले आज एकताबद्ध र एक ढिक्का छ र एकताबद्ध रहनेछ ।’

उनले एमालेले आफ्नो काँधमा रहेको अभिभारा बुझेको पनि बताए । ‘सम्मृद्ध नेपाल, सुखी नेपाल हामीलेमात्रै बनाउँछौँ भनेको छैन । अरूको पनि साथ लिन्छौ तर अगुवाइ नेकपा एमालेले गर्नुपर्छ’, ओलीले भने, ‘अगुवाइ पदको भनेको होइन, विचारधारात्मक अगुवाइ गर्दै आएको छ ।’

उनले प्रतिबन्धित अवस्थामा पनि एमाले सही बाटो हिँडेको बताए । ‘प्रतिबन्धित अवस्थामा हामीलाई बन्द गरेका थिए, हिरासतमा राखेका थिए । नेपाल बन्द त्यसवेलाका राजाले गरेका थिए त्यसवेला पनि हामी सही बाटो हिँडेका थियौ’, ओलीको भनाइ छ । उनले कम्युनिस्ट पार्टी लक्षिनको भएको भन्दै यसको जन्मपछि राजा, राणा र पञ्चायत फालिएको बताए । ओलीअघि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई गाली गरेकोमा झोक्किएकोमा ओलीले व्याङ्ग्य गर्न भ्याए । उनले देउवालाई मेरा पुराना मित्र भन्दै कहिलेकहिले देउवा जोस्सिने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप