अख्तियारले सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध चलायो मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएको अख्तियारको भनाइ छ । उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
‘हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ’, घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण