अख्तियारले सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध चलायो मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएको अख्तियारको भनाइ छ । उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
‘हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ’, घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: भिजिट भिसा प्रकरणमा माओवादीको ‘यूटर्न’, रास्वपाको अडान कायमै
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
मार्बुको कालिका माविमा इको क्लब गठन
-
‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ’
-
इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य
-
मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै चाहना प्रधान