माओवादी केन्द्रका महासचिव र सीसीपीका हुनान प्रदेशका प्रमुख सेक्रेटरीबिच भेटवार्ता
काठमाडौँ । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीपी) हुनान प्रदेशका प्रमुख सेक्रेटरी डा सेन चाओ मिङबीच सोमबार भेटवार्ता भएको छ ।
भेटका क्रममा दुई पक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । गुरुङ नेतृत्वको टोली हुनान पुग्दा डा सेन चाओ मिङ नेतृत्वको टोलीले स्वागत गरेको भ्रमण टोलीमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जानकारी दिए ।
त्यसपछि आयोजित भेटवार्तामा सेन चाओले चिनियाँ राष्ट्रपति सी चीनफिङले विगतमा नेपाल भ्रमण गरेर दुई देशका बीचमा नयाँ सम्बन्ध बनाएको बताए । यस्तै नेपालका प्रधानमन्त्री प्रचण्डले पनि चीनको भ्रमण गरेर दुई देशको सम्बन्धलाई राम्रो बनाएको धारणा राखे ।
सेन चाओले ६ करोड ६० लाख जनसङ्ख्या भएको हुनान आधुनिक प्रविधिमा आधारित रहेर अघि बढेको जानकारी दिए । उनले अब सीसीपीको आधुनिक इतिहास बुझ्नका आएकोमा धन्यवाद दिँदै हुनानमै रहेको माओको गाउँ घुमेकोमा पनि खुसी व्यक्त गरे । उनले हुनान र नेपालबिच गत वर्ष ५० करोड आरएमबी बराबरको व्यापार भएको उल्लेख गर्दै ७६ जना नेपाली विद्यार्थीले हाल अध्ययन गरिरहेको पनि जानकारी दिए ।

यस्तै भेटका क्रममा गुरुङले माओको जन्मगाउँ आउन पाउँदा खुसी लागेको बताए । ‘हुनान एसियाकै सभ्यताको केन्द्र पनि हो । माओको नेतृतत्वमै क्रन्ति सफल भएकोमा खुसी छौँ’, सो क्रममा उनले भने । गुरुङले हुनान र कर्णाली प्रदेशबीच भगिनी सम्बन्ध बनाउँदा राम्रो हुने धारणा पनि राखे ।
यसैगरी सो क्रममा माओ जन्मिएको ठाउँस्थित साओ साङ सिटी र तनहुँको आबुँखैरेनी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नका लागि प्रारम्भिक आशयपत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक आशयपत्रमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्रमान चुमान र साओ साङ सिटीका देङ वाङजुनले हस्ताक्षर गरे ।
सो क्रममा नेपाली प्रतिनिधिमण्डलले माओ मेमोरियल म्युजिमको भ्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण