वैदेशिक र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिबद्धताहरू समान छन् : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौँमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको जिकिर गरे । उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिबद्धताहरू समान रहेको बताए । उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे ।
अर्थमन्त्री पुनले प्रतिबद्धताहरू, नीतिका निरन्तरताहरू लगानी सम्मेलनमा देख्न सकिने बताए । उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।
उनले भने,‘यो नेपालको सम्मेलन हो । कुनै सरकारको मात्रै होइन । देशले अपिल गरेको कुरा हो । हामी लगानीको वातावरण बनाउँछौँ । सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन भएको छैन, हुँदैन भन्नेकुरा यसमा झल्काउँछौँ ।’
अर्थमन्त्री पुनले लगानीकर्ताहरूले प्रतिबद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरूको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरू लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण