पोर्नस्टारलाई घुस दिएको मुद्दा : अभियोजकले भने – ट्रम्पले प्रमाण नष्ट गरे
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क अदालतमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको आपराधिक मुद्दाको सुनुवाइको क्रममा अभियोजकहरूले ट्रम्पले षड्यन्त्र रचेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लगाएका छन्। व्यवहारिक ज्ञानले मात्र पनि न्यायाधीशलाई उनी दोषी छन् भनेर विश्वस्त पार्ने अभियोजकहरूले जिकिर गरेका हुन् ।
ट्रम्पलाई घूस तिर्नका लागि व्यापारिक अभिलेख हेरफेर गरेको आरोप लगाइएको छ, जसलाई उनले अस्वीकार गरेका छन्। ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न अभिनेत्रीलाई चुप राख्न दिएको पैसा रेकर्ड हेरफेर गरेर देखाएको आरोप छ ।
ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव जितेका थिए । मुद्दाको सुनुवाइका क्रममा न्यूयोर्कको अदालत खचाखच भरिएको थियो ।
ट्रम्पका वकिलहरूले भने उनी निर्दोष रहेको बताएका छन् । सुनुवाइ सुरु हुनुअघि पूर्वराष्ट्रपति ट्रम्पले अदालतको यो कारबाहीलाई ‘चुनाव प्रक्रियामा हस्तक्षेप’ भनेका थिए ।
अमेरिकामा नोभेम्बर २०२४ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ र ट्रम्प त्यसमा प्रतिस्पर्धा गर्दैछन्। आफ्नो चुनावी अभियानलाई प्रभावित पार्ने उद्देश्यले यो मुद्दा दायर गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण