सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ ।
१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरु गरेको थियो ।
१६ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने ग्राहक वर्ग, अविरल साथ दिने अभिकर्ताहरू, अहोरात्र खट्नु हुने कर्मचारीहरु , हौसला प्रदान गर्नुहुने शेयरधनीहरू, सदैव सत्मार्ग देखाउनुहुने सञ्चालक समिति, मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू लगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।
साथै यही अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे । कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ।
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता सङ्ख्या ९६ हजार रहेको छ ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशमलव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण