१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।
भक्तपुरस्थित आफ्नै अस्पतालमा आज आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए । अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनले बताए ।
आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गरे ।
सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए । सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले आयोजना गरेको एक हजार दुई सय रोपनीको जग्गामध्ये १० रोपनी मानव अङ्गको अस्पताल बनाउन दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण