टेभेज अस्पतालबाट डिस्चार्ज
ब्युनोस आयर्स । पूर्वअर्जेन्टिनी खेलाडी कार्लोस टेभेज अस्पतालबाट डिस्चार्ज भएका छन् । छाती दुखेपछि उनी अस्पताल भर्ना भएका थिए ।
हाल इन्डिपेन्डेन्टेको प्रमुख प्रशिक्षक रहेका ४० वर्षीय खेलाडीलाई ब्युनोस आयर्सको अस्पतालमा मंगलबार राति भर्ना गरिएको थियो । क्लबले टेभेजलाई अस्पतालले डिस्चार्ज गरिसकेको जानकारी दिएको छ ।
घरमा आराम गरेपछि उनी बिहीबारदेखि प्रशिक्षणमा फर्कने क्लबको भनाई छ । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामका पूर्वस्ट्राइकर टेभेजले प्रिमियर लिगमा सन् २००६ देखि २०१३ सम्म २ सय १ खेल खेलेका थिए ।
त्यस्तै, सन् २००४ देखि २०१५ सम्म अर्जेन्टिनाका लागि ७६ खेल खेलेका थिए । उनले सन् २०२२ को जुनमा खेलाडीका रूपमा सन्न्यास लिएका थिए ।
त्यसअघि उनी बोका जुनियर्सबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । टेभेजले सन् २०२३ को अगस्टमा इन्डिपेन्डेन्टेको नेतृत्व सम्हालेका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण