आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
नयाँ दिल्ली । फेयरप्ले नामक एपमा २०२३ को आईपीएलको अवैध प्रसारण हेरेको सम्बन्धमा महाराष्ट्र साइबर सेलले बलिउड अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलाएको छ । अभिनेत्रीलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित हुन भनिएको छ ।
फेयरप्ले एपमा २०२३ को आईपीएल अवैध तरिकाले स्ट्रिमिङ भएपछि भायाकमले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको बताएको छ। तमन्नाले पनि आईपीएलको सो संस्करण फेयरप्ले एपमा हेरेकी थिइन् । तमन्नाअघि पनि यस विषयमा सोधपुछका लागि धेरै कलाकारलाई बोलाइएको छ । फेयरप्ले एप मार्फत आईपीएल २०२३ को अवैध स्ट्रिमिङ हुन लागेकोबारे यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर प्रहरीले पत्ता लगाउन प्रयास गरिरहेको छ ।
तमन्नाअघि सञ्जय दत्तसँग सोधपुछ
तमन्ना २९ अप्रिलमा महाराष्ट्र साइबरमा हाजिर हुनुपर्नेछ । यस सम्बन्धमा तमन्नाभन्दा अगाडि बलिउड अभिनेता सञ्जय दत्तलाई पनि २३ अप्रिलमा बोलाइएको थियो । तर भारतमा नभएकोले उनी उपस्थित हुन सकेनन् । दत्तले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन् ।
के हो फेयरप्ले एप ?
फेयरप्ले एउटा अनलाइन सट्टेबाजी स्पोर्ट्सबुक प्लेटफर्म हो । यसमा म्याचहरू अवैध रूपमा स्ट्रिम गरिन्छ । यस मामिलामा डिजिटल पाइरेसीसम्बन्धी मुद्दा दर्ता भएको थियो । भायाकम १८ नेटवर्कले फेयरप्ले नामक बेटिङ एपमा इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू हेरेको आरोपमा धेरै कलाकारहरू विरुद्ध एफआईआर दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण