भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
बिहीबार, १३ वैशाख २०८१, १४ : १६
नयाँ दिल्ली । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस नेता राहुल गान्धीको भाषणमाथि स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार बिहीबार कंग्रेस र भाजपा अध्यक्षसँग जवाफ मागेको हो । आयोगले मोदी र राहुलको भाषणलाई लिएर आएको उजुरीका आधारमा जवाफ मागेको सूचनामा उल्लेख छ ।
यी नेताहरूले धर्म, जात, समुदाय र भाषाका आधारमा जनतामा घृणा र विभाजन फैलाउने काम गरिरहेको उजुरीमा बताइएको छ । आयोगले यस विषयमा दुवै पक्षका अध्यक्षलाई अप्रिल २९ गते बिहान ११ बजेभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।
आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ बमोजिम दुवै दलका अध्यक्षलाई नोटिस पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण