कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए ।
एकजना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३९ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।
कांग्रेसका १२ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् । उनले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भएकाले तटस्थ बसेकाे बताइन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।
मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने नै हो ।’ कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यद्यपि कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण