दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न अभियुक्तमध्ये दुई जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतले विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
३१ वर्षीय विजय खोटाङका र राजु गुरुङ तेह्रथुमका स्थानीय हुन् । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको हत्या भएको थियो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको हत्या भएको हो ।
हत्या आरोपमा पक्राउ परेका काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईसँग अदालतले ७ लाख घरौटी मागेको छ । भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राईसँग ५ लाख र ३० वर्षीय सुलभ राईसँग ५ लाख धरौटी माग गरिएको छ । विजय राई र सुलभ राई रेस्टुरेन्ट सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट