शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु

आइतबार, १६ वैशाख २०८१, ११ : २९
आइतबार, १६ वैशाख २०८१

बझाङ । बझाङमा सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप