पूर्वपति अरबाज खानको घरमा किन गइन् मलाइका अरोरा ?
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्ना पति तथा अभिनेता अरबाज खानसँग सन् २०१७ मा छुट्टिएकी थिइन् । दुवैले विवाह गरेको वर्षौँपछि अचानक सम्बन्ध विच्छेदको घोषणा गरेर फ्यानहरूलाई चकित पारेका थिए ।
सम्बन्ध विच्छेदपछि पनि मलाइका र अरबाजबीच निकै राम्रो सम्बन्ध छ । खासगरी २१ वर्षीय छोरा अरहान खानको मामिलामा । सामाजिक सञ्जालमा अहिले मलाइकाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा उनी पूर्वपति अरबाज खानको घर बाहिर देखिएकी छिन् । शनिबार राति मलाइका अरबाज खानको घर बाहिर देखिएकी थिइन् ।
मलाइकाको यो भिडियो इन्स्ट्यान्ट बलिउड इन्स्टाग्राम अकाउन्टबाट शेयर गरिएको हो । यतिबेला मलाइकासँग उनका २१ वर्षीय छोरा अरहान खान पनि देखिएका थिए । पूर्व पतिको घर पुग्दा मलाइका निकै स्टाइलिस देखिएकी थिइन् । उनले सेतो शर्ट र सर्ट्स लगाएकी थिइन् । हरियो हिल जुत्ता, हरियो झोला र सनग्लास लगाएकी थिइन् । अरहानले पनि आफ्नी आमासँग ट्विनिङ गरेका थिए । उनले सेतो भेष्ट, सेतो पाइन्ट र सेतै जुत्ता लगाएका थिए ।
क्लासी ह्यान्डब्याग र चस्मामा मलाइका अरोरा निकै स्टाइलिश देखिएकी थिइन् । पापाराजीले फोटो भिडियो खिच्न खोज्दा बेवास्ता गर्दै हिँडेको देखिइन् । पापाराजीको लागि पोज दिन मानिन् । भिडियोमा कमेन्ट गर्दै गर्दा एक फ्यानले ‘सबै ठीक छ ?’ भनेर सोधेका छन् ।
हालै मात्रै मलाइका अरोरा आफ्नो छोरा अरहान खानको पोडकास्ट ‘डम्ब बिरियानी’को कारण चर्चामा छिन् । मलाइकाले शोमा छोरा अरहानलाई सोधेको प्रश्नका कारण उनी निकै ट्रोल भइन् । यसअघि अरबाज खान र सोहेल खान पनि अरहानको शो पुगेका थिए । शोमा अरबाजले मलाइकासँगको सम्बन्धविच्छेद र शुरासँगको दोस्रो विवाहबारेमा ठट्टा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण