अमेरिकामा फेरि बढ्न थाल्यो बैंकिङ सङ्कट
वासिङ्टन डिसी । अमेरिकामा बैंकिङ सङ्कट गहिरो बनेको छ । यसको ताजा उदाहरण रिपब्लिक फर्स्ट बैंक बनेको छ । सन् २०२४ मा डुब्ने यो पहिलो अमेरिकी बैंक हो ।
गएको वर्ष तीन ओटा बैंक डुबेका थिए । अमेरिकी सञ्चार माध्यमहरूमा छापिएको खबरका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले बैंक जफत गरिदिएको छ ।
अमेरिकी नियामकहरूले रिपब्लिक फर्स्ट बैंक आफ्नो नियन्त्रणमा लिएर यसलाई फुल्टन बैंकलाई बेच्ने सम्झौता गरेका छन् । रिपब्लिक फर्स्ट बैंक पेन्सिलभेनिया, न्यू जर्सी र न्यूयोर्कमा व्यवसाय रहेको क्षेत्रीय स्तरको बैंक हो । यो बैंकसँग सन् २०२४ को जनवरी ३१ सम्ममा ६ अर्ब डलरको सम्पत्ति र करिब ४ अर्ब डलर निक्षेप थियो । बैंक असफल भएसँगै एफडीआईसमाथि ६६ करोड ७० लाख डलरको भार थपिन सक्ने बताइएको छ ।
फुल्टन बैंकले रिपब्लिक फर्स्ट बैंकको टेकओभर गरेको बताइएको छ । यसले बैंकको सबै निक्षेप र सम्पत्ति किनेको छ । यस अघि गएको वर्ष सिलिकन बैंक, सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएका थिए । रिपब्लिक फष्र्ट बैंकले २०२३ मा एउटा लगानी समूहसँग सम्झौता गरेको थियो । तर सन् २०२४ को फेब्रुअरीमा सम्झौता भंग भएपनि एफडीआईसीले बैंकलाई जफत गर्ने र बेच्ने प्रक्रिया पुनः सुरु गरेको थियो ।
धितो कर्जाको मूल्यमा निरन्तर कमी आउनु बैंक धराशायी हुनेको मुख्य कारण बताइएको छ । मुद्रास्फीतिमा अङ्कुश लगाउन अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाइरहँदा मुख्य ब्याजदर उच्च स्तरमा उक्लिएको छ भने व्यावसायिक रियल इस्टेटको मूल्यमा कमी आउँदा अमेरिकामा कयौं क्षेत्रीय र सामुदायिक बैंकको वित्तीय जोखिम बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण