उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन
कञ्चनपुर । कञ्चनपुुरमा वन डढेलो बढ्दै गएको छ । स्थानीय सामुदायिक वनका उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि सक्रियता बढाए पनि दिनप्रतिदिन डढेलोका घटना बढ्दै गई बहुमूल्य जडीबुटी, काठ-दाउरामा ठूलो नोक्सानी पुगेको छ । डढेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थानसमेत नासिँदै जान थालेका छन् ।
शुक्लाफाँटा नगरपालिका– ८ स्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले डढेलो नियन्त्रणका लागि समितिका सदस्यहरूले निकै प्रयास गरे पनि हावा चलेर समस्या हुने गरेको बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी पनि वन क्षेत्रमा दैनिक तीनदेखि सात ठाउँमा डढेलो लाग्ने गरेका बताए । उनका अनुसार वैशाखयता चार सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने गत वर्षको यसै अवधिमा छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।
यस वर्ष डढेलोबाट सबैभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा क्षति भएको छ । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेल चुरे क्षेत्र वरिपरिको वनसँगै लालझाडी मोहना संरक्षित वनको ‘कोर एरिया’ मा वन डढेलोले बढी क्षति पुर्याएको बताए ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले वन डढेलोका कारण वन सम्पदामा र वन्यजन्तुमा नोक्सानी पुग्नेमात्र नभई वायुप्रदूषण बढ्दै जाँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले सबैले सचेत हुनुपर्ने बताए ।
वन क्षेत्रमा लाग्ने डढेलोका कारण वन्यजन्तुहरूमा बस्तीमा प्रवेश गर्ने भएकाले पटकपटक मानव वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेका छन् । त्यसलाई रोक्न स्थानीय सरोकारवाला नै सचेत र जागरूक बन्नुपर्ने स्थानीय महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
-
रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण