महाराजगञ्ज नगरपालिका–२ का वडा अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत १८ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...