महाराजगञ्ज नगरपालिका–२ का वडा अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
काठमाडौँ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत १८ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण