उथलपुथलको तेस्रो शृङ्खलामा फ्रान्सेली राज्य क्रान्ति सम्बन्धी सामाग्री
काठमाडौँ । रातोपाटी टीभीमार्फत कार्यक्रम ‘उथलपुथल’को तेस्रो शृङ्खलामा बुधवार फ्रान्सको असाधारण राज्य क्रान्ति: विलासी राजा र गरिब जनता सम्बन्धी सामाग्री प्रसारण हुँदैछ ।
डिस्कवरी न्युज नेटवर्कले यही वैशाख ५ गतेदेखि हरेक बुधबार साँझ ६ बजे यो कार्यक्रम प्रसारण गर्दै आएको छ ।
तेस्रो शृङ्खलामा सन् १९८९ मा सुरु भएको राज्य क्रान्ति किन भयो, क्रान्ति अवधिभर के के भयो र क्रान्तिले के परिवर्तन ल्यायो भन्ने विषयलाई मिहिन ढङ्गले प्रस्तुत गरिएको छ ।
स्वतन्त्रता, समानता र बन्धुत्व नारा रहेको क्रान्ति मूलतः तत्कालीन राजा लुइस सोह्र्रौको बिलासी र निरङ्कुशतन्त्र परिणाम हो । क्रान्तिमा मध्यमवर्ग बुद्धिजीवीको मुख्य भूमिका रहेको थियो । क्रान्तिबारे विस्तृतमा थाहा पाउन रातोपाटी टिभीमा प्रसारण हुने कार्यक्रम उथलपुथल हेर्न सकिनेछ ।
गहिरो अनुसन्धान गरी विश्वमा भएका राजनीतिक आन्दोलन र सङ्घर्षका कथाहरू समेटिएको २० देखि ३० मिनेट अवधिको यो कार्यक्रम आकर्षक ढङ्गले निर्माण गरिएको छ ।
सकेसम्म धेरै ग्राफिक्स प्रयोग गरी कार्यक्रमलाई आकर्षक र रोचक बनाइएको छ । उत्कृष्ट स्क्रिप्ट, टेलिभिजनमा परिचित होस्टका कारण कार्यक्रम राजनीतिमा प्रत्यक्ष चासो राख्ने विभिन्न पार्टीका लाखौँ सदस्य र आम नागरिकका लागि रुचिकर हुने विश्वास नेटवर्कले गरेको छ ।
उथलपुथलकारी सङ्घर्ष सम्बन्धी राजनीतिक कार्यक्रम भिडियो शृङ्खलामा विश्व क्रान्तिको इतिहास खोतल्ने प्रयास गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक र सैन्यपुरमा परिवर्तनशील विश्वलाई देखाउने र बुझाउन यो कार्यक्रम ल्याइएको नेटवर्कले जनाएको छ ।
‘हामीले रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीति इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली बताउने छौँ’ नेटवर्कले कार्यक्रम सुरु गर्दा भनेको भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो