सुशासन कायम गर्न गैरकानुनी कारोबार बन्द गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानुनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानुनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका हुन् ।
उनले गैर कानुनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताए । गैर कानुनी ढोकाहरू बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरूलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोही पनि मालिक नहुने बताए ।
‘मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडी बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ । सिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ’ उनले भने, ‘सुशासन बेगर समुन्नत नेपालको गन्तव्यमा पुग्न सकिँदैन । सुशासनका लागि दुई, चारवटा काण्डमा मुछिएकाहरूलाई कान समातेर उठबस गरेर मात्रै देश बन्दैन । गैरकानुनी कारोबार जति सबै बन्द गर्नुपर्छ । गैर कानुनी ढोकाहरू सबै बन्द गर्नुपर्छ । तबमात्रै मुलुक ठिक ढंगमा पुग्छ । ठिक ढंगले चल्छ ।’
उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण