सुशासन कायम गर्न गैरकानुनी कारोबार बन्द गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानुनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानुनी कारोबारहरूलाई बन्द गर्नुपर्ने बताएका हुन् ।
उनले गैर कानुनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताए । गैर कानुनी ढोकाहरू बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरूलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोही पनि मालिक नहुने बताए ।
‘मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडी बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ । सिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ’ उनले भने, ‘सुशासन बेगर समुन्नत नेपालको गन्तव्यमा पुग्न सकिँदैन । सुशासनका लागि दुई, चारवटा काण्डमा मुछिएकाहरूलाई कान समातेर उठबस गरेर मात्रै देश बन्दैन । गैरकानुनी कारोबार जति सबै बन्द गर्नुपर्छ । गैर कानुनी ढोकाहरू सबै बन्द गर्नुपर्छ । तबमात्रै मुलुक ठिक ढंगमा पुग्छ । ठिक ढंगले चल्छ ।’
उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली