टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा
काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने टी–२० विश्वकप क्रिकेटमा आतङ्कवादी हमलाको खतरा औँल्याइएको छ । ट्रिनिडाडका प्रधानमन्त्री डा. की रोलीले यस्तो खुलासा गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि आतङ्कवादी हमलाको सम्भावनालाई पुष्टि गरेको छ । यद्यपि आइसीसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ ।
टी–२० विश्वकपमा नेपालसहित कुल २० टिम सहभागी हुँदैछन् । कुल ९ सहरमा विश्वकपका म्याच आयोजना हुँदैछन्, जसमध्ये वेस्टइन्डिजका ६ र अमेरिकाका ३ सहरमा खेल आयोजना हुनेछ ।
स्रोतहरूलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाए अनुसार वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन गरिएको छ ।
ट्रिनिडाड डेलीसँग कुरा गर्दै त्यहाँका प्रधानमन्त्री रोलीले भने, ‘२१ औँ शताब्दीमा आतङ्कवादको खतरा विभिन्न रुपमा देखिएका छन्, जो दुर्भाग्यपूर्ण छ । टी–२० विश्वकपमाथि पनि आतङ्कवादी हमलाको चेतावनी आएको छ ।’ यद्यपि उनले त्यस्तो चेतावनी कहाँबाट आएको हो भन्नेबारे केही खुलाएनन् ।
आइसीसीले यसबारे प्रतिक्रिया दिँदै भनेको छ, ‘सबैको सुरक्षा र रक्षा हाम्रो प्राथमिकतामा छ । हामीसँग यसका लागि पूर्ण योजना छ । हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गर्दैछौँ र हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण