आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २४ वैशाख २०८१, २१ : ५७
सोमबार, २४ वैशाख २०८१

आज २०८१ वैशाख २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन, कोशीको नजिर गण्डकीमा लागु होला ?, बिदाबारे बेमेल : तीन तहका सरकारले कसरी दिन्छन् बिदा ?, विभाजनको त्रास नेकपा एकीकृत समाजवादीमा पनि, सत्ता समीकरण फेरिए पनि सरकार सुरक्षित, बजेटको सिलिङ बढाउने तयारी, बामदेवको प्रस्तावमा ओलीको जवाफ लगायत छन् ।

१. अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन
निर्वाचन आयोगले जसपा नेपालबाट विद्रोह गरेका अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ता गरी संसद सचिवालयलाई जानकारी दिएको छ । आइतबार राईसहितका नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । सोमबार आयोगले दल दर्ता भएको जानकारी संसद सचिवालयलाई गराएको हो ।


२. कोशीको नजिर गण्डकीमा लागु होला ?
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार विश्वासको मत प्राप्त गरे । सङ्कटकै बिचमा उनले प्राप्त गरेको विश्वासको मत विवादरहित भने हुन सकेन । उनले प्राप्त गरेको विश्वासको मतले संविधान मिचेको आरोप प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगाएको छ भने उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने भनेको छ ।

३. बिदाबारे बेमेल : तीन तहका सरकारले कसरी दिन्छन् बिदा ?
बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सोमबार सो प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागु गरेको अवसरमा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदाको निर्णय गरेको हो । तर, बागमती प्रदेशभित्रै पर्ने काठमाडौँ उपत्यकामा प्रदेश सरकारले गरेको बिदा सम्बन्धी निर्णय लागु भएन ।

४. विभाजनको त्रास नेकपा एकीकृत समाजवादीमा पनि 
सत्ता घटक एवं संसद्को छैटौँ ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनको असर नेकपा (एकीकृत समाजवादी)मा पर्न सक्ने टीकाटिप्पणी हुन थालेको छ ।

५. सत्ता समीकरण फेरिए पनि सरकार सुरक्षित
सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले सरकारलाई कुनै असर नपर्ने एमाले र माओवादीका नेताहरूले बताएका छन् । जसपा नेपालको विभाजित समूहले प्रचण्ड सरकारको पक्षमा रहेको बताएकाले पनि विभाजनमा प्रचण्ड र ओलीको समर्थन रहेको अनुमानलाई बल पुगेको छ ।  


६. बजेटको सिलिङ बढाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेट करिब २० खर्ब हाराहारी बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको सरकारले आउँदो वर्षका लागि करिब १५ प्रतिशतले बजेटको आकार बढाउन लागेको हो ।

७. बामदेवको प्रस्तावमा ओलीको जवाफ
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेमा फर्कनका लागि आफूले पार्टीको निर्णय पर्खिरहेको बताए । सोही कार्यक्रममा बामदेवलाई जवाफ दिँदै एमाले अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने शक्ति र सबै व्यक्तिहरूलाई नेकपा एमालेको धारमा समाहित हुन आह्वान गरे ।

८. चुच्चे नक्शाले फेरि ल्यायो तरङ्ग
चार वर्षअगाडि सरकारले सार्वजनिक गरेको चुच्चे नक्साले नेपालसँगै छिमेकी मुलुक भारतको राजनीतिमा ठुलै हलचल ल्याएको थियो । बिचमा सेलाएको चुच्चे नक्साको विवाद अहिले पुनः चर्चामा आएको छ । 

९. कोशी सरकारको भविष्य के होला ?
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समयावधि मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले राजीनामा दिन्छन् या अन्य विकल्प रोज्छन् भन्नेबारे प्रस्ट हुन सकेको छैन । 

१०. दैलेखमा पेट्रोलिय अन्वेषणको काम अन्तिम चरणमा
दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार सङ्घ सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उदघाटन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप