आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भोट हालेपछि के भने मोदीले ?

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ४४
मङ्गलबार, २५ वैशाख २०८१

अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार तेस्रो चरणको मतदानमा गुजरातको अहमदाबादमा मतदान गरेका छन् । यो अहमदाबाद गान्धीनगर सीट अन्तर्गत पर्छ।

यस सिटबाट भाजपाका तर्फबाट गृहमन्त्री अमित शाह र कांग्रेसकी सोनल पटेल चुनावी मैदानमा छन् । यस सिटमा अमित शाहले पनि मतदान गरेका थिए ।

भोट दिएपछि प्रधानमन्त्री मोदीले भने, ‘यो वर्ष विश्वभर लोकतन्त्र मनाइँदैछ । लोकतन्त्रमा भोट दिनु साधारण दान होइन। हाम्रो देशमा परोपकारको महत्त्व छ। सोही भावनामा देशवासीले सक्दो भोट दिनुपर्छ । चार चरणको मतदान अझै बाँकी छ।’

‘यो त्यही ठाउँ हो जहाँबाट म सँधै मतदान गर्छु। यहाँबाट भाजपाका अमित भाइ चुनाव लड्दै छन् । म हिजो राति आन्ध्र प्रदेशबाट आएको थिएँ, अब म महाराष्ट्र, मध्य प्रदेशमा जानुपर्छ। म यहाँका मतदाताहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

मंगलबार ११ राज्य र केन्द्र शासित प्रदेशका कुल ९३ सिटमा मतदान भइरहेको छ । यस चरणमा धेरै हाई प्रोफाइल उम्मेदवारहरू मैदानमा छन्।
-अमित शाह, गृहमन्त्री (गान्धीनगर)
-प्रह्लाद जोशी, संसदीय मामिला मन्त्री (धारवाड)
-नारायण राणे, साना उद्योग मन्त्री (रत्नागिरी सिन्धुदुर्ग)
-ज्योतिरादित्य सिंधिया, नागरिक उड्डयन मन्त्री (गुना)
-मनसुख मण्डाविया, स्वास्थ्य मन्त्री (पोरबंदर)
-पुरुषोत्तम रुपाला, पशुपालन मन्त्री (राजकोट)
-श्रीपाद नाइक, पर्यटन राज्यमन्त्री (उत्तर गोवा)
-एसपी सिंह बघेल, स्वास्थ्य राज्यमन्त्री (आग्रा)
-देवुसिंह चौहान, सञ्चार राज्यमन्त्री (खेडा)
-भगवन्त खुवा, रसायन तथा उर्वरक राज्यमन्त्री (बिदर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप