उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्नु नपर्ने राय
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो ।
उपसचिव अधिकारीको हकमा ‘केही गर्नुपरेन’ भन्ने राय प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस नगरेको भट्टराईको दाबी छ । उनले भने,‘फोन सम्पर्क देखिएपनि थप प्रमाण नदेखिएको हुनाले उहाँलाई कारबाही सिफारिस नगरेको र मन्त्रालयको समितिले पनि सोही विषय उल्लेख गरेर राय दिएको छ ।’
सुन तस्करीमा संलग्न फरार प्रतिवादी जीवन चलाउनेसँग उपसचिव अधिकारीको सम्पर्क देखिएको थियो । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङ्गको प्रमुख जिल्ला अधिकारी थिए । चलाउनेसँग सम्पर्क देखिएपछि उनलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको थियो । चलाउने बेल्जियन नागरिक दावा छिरिङका सहयोगी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण