अरविन्द केजरीवालको जमानत याचिकामा सर्वोच्च अदालतले सुनाएन फैसला
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत याचिकामा मंगलबार पनि कुनै निर्णय गरेन । सर्वोच्चले आगामी दिनमा यस सम्बन्धमा निर्णय हुन सक्ने संकेत गरेको छ ।
अदालतले दिल्लीको खारेज गरिएको मदिरा नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दामा केजरीवालको जमानत याचिकामा सुनुवाइ गरिरहेको छ ।
अदालतले केजरीवाललाई दिइएको अन्तरिम जमानतबारेमा ईडीलाई प्रश्न सोधेको थियो । तर, ईडीको तर्फबाट अदालतमा उपस्थित तुषार मेहताले यसको विरोध गरे । अदालतले विशेष प्राथमिकता दिइरहेको भनेर आम जनतामा गलत सन्देश जाने उनको भनाई थियो । केजरीवाल मुख्यमन्त्री भएकै कारण उनलाई अन्तरिम जमानत दिने विचार गरी नरहेको सर्वोच्च अदालतले भनेको थियो ।
अरविन्द केजरीवाललाई ईडीले सम्पत्ति शुद्धीकरण मुद्दामा मार्च २१ मा उनकै निवासबाट पक्राउ गरेको थियो । दिल्ली सरकारले अन्तःशुल्क नीति मार्फत लाइसेन्स प्राप्त रक्सी व्यापारीहरूसँग घुस लिएर अनुचित फाइदा दिएको ईडी र सीबीआईको आरोप थियो । आम आदमी पार्टीले अहिलेसम्म यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण