मुख्यमन्त्रीबाट राजीनामा दिन कार्कीलाई आङ्बोको सुझाव
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमार्फन मुख्यमन्त्री कार्कीलाई उनले यस्तो आग्रह गरेका हुन् । ‘मुख्यमन्त्री मा.केदार कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाका बहुमत सदस्यहरूले दिएको समर्थन र विश्वासको मत फिर्ता भएको आज राती १२ बजे ३० दिन पुरा हुँदैछ । संवैधानिक व्यवस्था, लोकतान्त्रिक मान्यता र संसदीय प्रावधानले अल्पमतको सरकारको निरन्तरताको परिकल्पना गर्दैन,’ उनले भनेका छन्, ‘निर्धारित समयभित्र विश्वासको मत लिनै पर्दछ । नत्र नयाँ सरकार गठनको निम्ति मार्गप्रशस्त गर्नु पर्दछ । बहुमत गुमाइ सकेपछि वा विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्री ज्यूले विश्वासको मतकै निम्ति प्रदेशसभा बोलाइरहन सायद आवश्यक ठान्नु भएन होला ।’
उनले निर्धारित ३० दिनको समयमा विश्वासको मत नलिएपछि आज राती १२ बजेबाट मुख्यमन्त्री र सरकारको वैधता स्वतः समाप्त हुने पनि दाबी गरेका छन् । ‘एक मित्रको नाताले पनि मुख्यमन्त्री जीलाई मेरो सुझाव छ अब राजीनामा दिएर नयाँ सरकार बनाउने ढोका खोल्नुस त्यसैमा तपाईंको राजनीतिक उचाइ बढ्नेछ र संविधान लोकतन्त्र र संघीयताको जित हुनेछ,’ आङ्बोले भनेका छन् ।
उनले शेखर कोइरालालाई प्रश्न गर्दै आफूले बनाएको सरकारले लोकतन्त्र र संसदीय व्यवस्थामा अल्पमतले सत्ता सञ्चालन गर्ने प्रणाली नै तपाईँले पैरवी गरेको लोकतन्त्र हो ? भनेका छन् । ‘पटकपटक कोशीमा मैले नै नेतृत्व गरेर सरकार बनाएँ भनेर दाबी गर्ने आफूलाई लोकतन्त्र र संसदीय व्यवस्थाको मसिहा नै ठान्ने मा.शेखर कोइरालालाई प्रश्न सोधिदिनु होला । यो व्यवस्थामा राजीनामा पनि दिन्न, विश्वासको मत पनि लिन्न भन्न पाइन्छ....?,’ उनले भनेका छन्, ‘अल्पमतले सत्ता सञ्चालन गर्ने प्रणाली नै तपाईँले पैरवी गरेको लोकतन्त्र हो ...?।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण