लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही
बुधबार, २६ वैशाख २०८१, १३ : ४८
रौतहट । रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँचपछि उनीमाथि कारबाही गरेको हो ।
गौर एरियामा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा ई-रिक्सा (डाँफे रिक्सा), टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ । उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
शिक्षक सरुवा मापदण्ड : तीन वर्ष पूरा भएको शिक्षक सरुवा अनिवार्य
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
-
फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
-
कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण