पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र देशका अन्य सबै बन्दीहरूको सुरक्षालाई लिएर फेरि चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले कैदीहरूको सुरक्षा अमेरिकाको प्राथमिकता भएको बताएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गत मंगलबार पत्रकार सम्मेलनमा अमेरिकी राजदूत डोनाल्ड ब्लूम र विपक्षी नेता उमर अयुब खान लगायत पीटीआई नेताहरूबिच भेटवार्ता भएको स्वीकार गरे। भेटका बारेमा थप जानकारी दिँदै मिलरले दुई पक्षबिच द्विपक्षीय सम्बन्धका साथै अमेरिकादेखि पाकिस्तानसम्म जारी आर्थिक सहयोगका विषयमा पनि छलफल भएको बताए ।
इमरान खानको विषयमा पीटीआई नेताहरूसँग कुनै छलफल भएको छ कि छैन रु यस प्रश्नमा मिलरले पाकिस्तानको चुनावमा अमेरिकाको कुनै पक्ष नरहेको दोहोर्याए।
मिलरले अमेरिकी सिनेटका बहुमतको नेता चक शुमरले पाकिस्तानलाई दिएको चेतावनीको बारेमा कुरा गरे। रिपोर्टका अनुसार चक शुमरले वासिङ्टनमा पाकिस्तानी राजदूतलाई भेटेर जेलमा रहेका इमरान खानको सुरक्षाबारे चिन्ता व्यक्त गरेका थिए।
मिलरले आफूलाई यस बैठकको बारेमा धेरै थाहा नभएको तर अमेरिकाले पाकिस्तान वा विश्वको कुनै पनि ठाउँमा प्रत्येक कैदीको सुरक्षा चाहेको स्पष्ट पारे। प्रत्येक व्यक्ति र प्रत्येक कैदीलाई कानुन अन्तर्गत आधारभूत मानव अधिकार र संरक्षणको हक रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण