मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी

९८ लाखसहित पक्राउ परेका युवक साढे ११ किलो सुन तस्करीमा संलग्न

शुक्रबार, २८ वैशाख २०८१, १२ : ५३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टिमले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेका थिए । मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।

दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा मिलनको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनको संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको एसएसपी भट्टराईले बताए ।

दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप