९८ लाखसहित पक्राउ परेका युवक साढे ११ किलो सुन तस्करीमा संलग्न
काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टिमले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेका थिए । मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।
दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा मिलनको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनको संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको एसएसपी भट्टराईले बताए ।
दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण