आज साँझदेखि कैलालीका सीमा नाका बन्द हुने
अत्तरिया । भारतसँग सीमा जोडिएका कैलालीका सीमा नाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमा नाका बन्द हुने भएका हुन् ।
भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
“यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ”, उनले भने, “उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुने छन् ।”
सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण