मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध मुद्दा दायर

शुक्रबार, २८ वैशाख २०८१, १४ : ४३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि गत वैशाख ५ गते  रंगेहात पक्राउ परेमा थिए । 

उनले सेवाग्राहीसँग एक लाख बिस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको सोही रकम बिगो कायम गरी कैद र  बिगो बमोजिम जरिवाना सजाय हुन मागदावीसहित मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप