मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा विकास निर्माणको काम तीव्र, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २८ वैशाख २०८१, १५ : ००
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । राजधानी काठमाडौँका हरेक भित्री र प्रमुख सडकमा अहिले तीव्र रूपमा निर्माणको लहर देखिएको छ । ठाउँ ठाउँमा ढल, पानी र बिजुलीका लागि बाटो खन्ने काम भइरहेको देख्न सकिन्छ । खानेपानीका लाइन र ढल निकासका लागि मङ्गाल बनाउने काम चलिरहेको छ भने बिजुलीका तार पनि भूमिगत गर्ने काम भइरहेको छ । तर यो काम कहिले सकिन्छ भन्ने चाहिँ केही टुङ्गो छैन ।

ktm-bikas (1)

भोटाहिटीको अन्नपूर्ण मन्दिरदेखि जमल निस्कने बाटोमा केही हप्ताअघि ढल र खानेपानीको पाइप विस्तारको लागि बाटो खनियो । त्यहाँ अहिले पनि निर्माणको काम जारी छ । केही हप्ता हुँदासम्म पनि मानिसहरू खनेको ठाउँ वरिपरि बनाइएको माटोको ढिस्कोबाट आवतजावत गरिरहेका छन् ।

न्युरोड गेटको मुखैमा पनि निर्माणको काम भइरहेको छ । केही सातादेखि यहाँ पनि बिजुलीको तार भूमिगत गर्नका लागि खाल्डो खन्ने काम भइरहेको छ ।

ktm-bikas (1)1

मानिसहरू भन्न थालेका छन् काठमाडौँमा नेपाली मात्रै होइन विदेशीले पनि देख्ने र अनुभव गर्ने गरी विकासको काम हुन थालेको छ ।  ठमेल नजिकैको बांगेमुढा क्षेत्रमा पनि निर्माणको काम भइरहेको छ । ढुंगाले छापिएका सडक भत्काएर त्यहाँ पुननिर्माणको काम भइरहेको छ ।

काठमाडौँको कोर क्षेत्र मात्रै होइन । रिंग रोड बाहिर पनि विकासका कामले तीव्रता पाएको छ । ढुंगेधारा–एराहिटी र ढुंगेधारा–खरिबोट क्षेत्रमा पनि कालोपत्रे गरिएको सडक भत्काएर निर्माणको काम भइरहेको छ । उक्त सडकमा एक वर्षअघि  कालोपत्र गरिएको थियो । सो काम कमसल भएको भन्दै त्यसलाई पुनर्निर्माण गर्न थालिएको हो । सो क्षेत्रमा करिब एक महिना अघिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । 

ktm-bikas (2)

काठमाडौँका अन्य स्थान र क्षेत्रमा पनि मानिसहरूले विकासको लहर प्रत्यक्ष रूपमा देख्न र अनुभव गर्न पाएका छन् । तर बाटोमा आवतजावत गर्ने र स्थानीयवासीलाई कहिलेदेखि सहज हुन्छ भन्ने अन्योल कायमै छ । सडक कालोपत्रे भएको केही समयमै खन्ने र बिगार्ने काम हुनु काठमाडौँवासीका लागि कुनै नौलो कुरो होइन । 

ktm-bikas (2)1

बजेटका लागि सर्गगर्मी बढ्न थालेपछि निर्माणको लहर अझै बढ्ने गरेको छ । तर केही समयमा नै ती सबै सुस्ताएर जाने गरेको छ । जे भएपनि काठमाडौँमा अहिले विकास निर्माणको काम चरम उत्कर्षमा पुगेको छ । 

ktm-bikas (3)ktm-bikas (4)ktm-bikas (5)ktm-bikas (6)ktm-bikas (7)ktm-bikas (8)ktm-bikas (9)ktm-bikas (10)ktm-bikas (11)ktm-bikas (12)ktm-bikas (13)ktm-bikas (14)ktm-bikas (15)ktm-bikas (16)ktm-bikas (17)ktm-bikas (18)ktm-bikas (19)ktm-bikas (20)ktm-bikas (21)ktm-bikas (22)ktm-bikas (23)ktm-bikas (24)ktm-bikas (25)ktm-bikas (26)ktm-bikas (27)ktm-bikas (28)ktm-bikas (29)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप