प्रधानमन्त्रीको विश्वास : भोलि बेलुकासम्म निष्कर्षमा पुग्छौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुकासम्म दलहरूबिच संवादमार्फत संसद्को अवरोध हटाएर नीति तथा कार्यक्रम सहजै अघि बढाउन सहमति जुट्ने विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।
‘संसद् अवरोधको ढोका खोल्न नै मैले आज प्रमुख प्रतिपक्षसँग कुरा गरेको छु’, प्रचण्डले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘आजको छलफलमा अन्तिम निष्कर्षमा पुग्न नसकिए पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेसहित अनुसन्धानको दायरामा आउने गरी संसदीय समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने बताउँदै आएको छ ।
जेठ १ गते मङ्गलवार संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण