शुक्रबार, ३२ जेठ २०८१
ताजा लोकप्रिय

रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जना पक्राउ

सोमबार, ३१ वैशाख २०८१, १३ : १५
सोमबार, ३१ वैशाख २०८१

कञ्चनपुर । भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाइवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भट्टसमेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६१ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप