लागुऔषध कारोबारी तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
सोमबार, ३१ वैशाख २०८१, १६ : ०९
काठमाडौँ । विशेष अदालत काठमाडौँले लागुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतले मनिष भन्ने दुर्गासिंह तामाङलाई सोमबार दोषी ठहर गरेको हो ।
उनी यसअघि लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको थियो । उक्त मुद्दा उच्च अदालत पाटनले सदर गरेको थियो ।
विशेषले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि दोषी ठहर गर्दै २७ लाख १७ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ६ वर्ष कैद हुने फैसला सुनाएको हो ।
उनीसँग २३ लाख ५० हजार नगद समेत बरामद भएको भन्दै विशेषले उक्त रकम पनि जफत हुने ठहर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण