५० वर्ष कम्युनिस्ट आन्दोलनलाई वरिपरि घुमाउने गरी महाधिवेशनमा जाँदैछौँ : महासचिव भुसाल
काठमाडौँ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आगामी ५० वर्ष नेपालको कम्युनिस्ट आन्दोलनलाई घुमाउने गरी महाधिवेशनमा जान लागेको दाबी गरेका छन् । मंगलबार ललितपुरको बालकुमारीमा केन्द्रीय समिति बैठकको उद्घाटन समारोह सञ्चालन गर्दै उनले महाधिवेशनले लिएको नीतिले तत्कालीन रूपमा केही तलमाथि भए पनि ५० वर्ष कम्युनिस्ट आन्दोलनलाई घुमाउने गरी मूल बाटो तय भएको दाबी गरेका हुन् ।
‘हामीले महाधिवेशनमा जे भन्ने छौँ, त्यसकै वरिपरि नेपाली कम्युनिस्ट पार्टीको आन्दोलन ५० वर्ष वरिपरि घुम्नेछ । तत्कालीन परिस्थितिले केही कार्यक्रम तलमाथि होलान् । तर मूलबाटो त्यही हुनेछ । हामी त्यस्तो बाटो कुर्दैछौँ । यस अर्थमा त्यो चेतना, त्यो सङ्कल्पका साथ अगाडि बढ्ने छौँ’, महाधिवेशनको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै भुसालले भने ।
महाधिवेशनको एजेन्डामाथि छलफल गर्न आजदेखि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ । एकीकृत समाजवादीको १० औँ महाधिवेशन ३ गतेदेखि ७ गते काठमाडौँमा हुँदैछ । २०७८ भदौ ९ मा एमालेबाट अलग भएपछि एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण