सलमान खानको घरमा गोलीबारीको घटनामा छैटौँ आरोपी पक्राउ
नयाँ दिल्ली । गएको महिना बलिउड अभिनेता सलमान खानको घरबाहिर भएको गोलबारीको घटनामा प्रहरीले अर्को सफलता हात पारेको छ । मुम्बई प्रहरीको अपराध शाखाले केही दिन अघि राजस्थानबाट पाँचौँ आरोपी मोहम्मद चौधरीलाई पक्राउ गरेको थियो । यस मामिलामा प्रहरीले हालै हरियाणाबाट हरपाल सिंह नाम गरेका छैटौँ आरोपीलाई समातेको छ ।
सिंहमाथि हमलाका लागि मोहम्मद चौधरीलाई पैसा दिएको आरोप छ । प्रहरीले यस मामिलामा सबैभन्दा पहिला पञ्जाबबाट २ आरोपीलाई समातेको थियो । त्यसपछि गुजरातको भुजबाट अर्का २ जनालाई पक्राउ गरियो । राजस्थान र हरियाणाबाट समेत आरोपीहरू पक्राउ परेपछि सलमानको घरमा हमलाको घटना कति ठूलो रहेछ भनेर सोच्न प्रहरी बाध्य भएको छ ।
बिश्नोई ग्याङले लिएको थियो हमलाको जिम्मा
१४ अप्रिलको बिहान सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमाथि मोटरसाइकलबाट आएका दुई शूटरले ५ राउन्ड गोली चलाएका थिए । एउटा गोली सलमानको घरको भित्तामा पनि लागेको थियो । अर्को गोली ड्रइङग रुमको भित्तासम्म पुगेको थियो । हमलावरहरू बाइकलाई घटनास्थलमै छोडेर फरार भएका थिए ।
यस मामिलामा पक्राउ परेका आरोपी अनुज थापनले केही दिनअघि प्रहरी हिरासतमा आत्महत्या गरेका थिए । ग्याङ्गस्टर लरेन्स बिश्नोईका भाई अनमोल बिश्नोईले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै सलमानको घरमा गोलीबारीको घटनाको जिम्मा लिएका थिए । प्रहरीले यस मामिलामा लरेश्न र अनमोललाई मुख्य आरोपी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण