जुनियर एनटीआरले सके ‘वार २’को पहिलो शेड्यूलको सुटिङ

नयाँ दिल्ली । अयान मुखर्जीको निर्देशनमा बन्न लागेको बलिउड फिल्मको स्पाइ थ्रिलर वार २ को यतिबेला धमाधम सुटिङ भइरहेको छ । यो एक्सन फिल्ममा निर्माता आदित्य चोपडाले ठुलो रकम खर्च गरिरहेका छन् ।
स्टारकाष्टका कारण पनि फिल्मको चर्चा धेरै भइरहेको छ । वार २ मा ऋतिक रोशनको साथमा दक्षिण भारतीय सुपर स्टार जुनियर एनटीआर पनि एक्सन अवतारमा देखिँदै छन् ।
फिल्मको पछिल्लो अपडेटका अनुसार जुनियर एनटीआरले मुम्बईमा फिल्मको आफ्नो पहिलो शेड्यूलको सुटिङ पूरा गरिसकेका छन् । ऋतिकले मुम्बईको स्टुडियोमा वार २ को सुटिङ सुरु गरिसकेका थिए । त्यसपछि जुनियर एनटीआर पनि उनीसँग जोडिए । मुम्बईमा फिल्मको पहिलो शेड्युलको सुटिङ पूरा गरेपछि जुनियर एनटीआर गृहनगर हैदराबाद फर्किएका छन् । हैदरावाद फर्कने बित्तिकै उनले मतदान पनि गरे ।
हालै सामाजिक सञ्जालमा जुनियर एनटीआरको एउटा भिडियो भाइरल भएको थियो । यसमा उनी वार २ को लुकमा थिए । खबरका अनुसार यस फिल्ममा जुनियर एनटीआर भिलेनको भूमिकामा छन् । यसमा ऋतिक र एनटीआर बाहेक कियारा आडवाणी पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म आगामी वर्ष अगस्ट १४ मा विश्वभर रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
-
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
-
इन्स्टिच्युट अफ पिसले पाए आफ्नो मुख्यालय फिर्ता, मस्कलाई ठुलो झट्का
-
सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना
-
३० वर्ष पुग्नु भो ? खानपिनमा गरिहाल्नुस् यी परिवर्तन
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?