जुनियर एनटीआरले सके ‘वार २’को पहिलो शेड्यूलको सुटिङ
नयाँ दिल्ली । अयान मुखर्जीको निर्देशनमा बन्न लागेको बलिउड फिल्मको स्पाइ थ्रिलर वार २ को यतिबेला धमाधम सुटिङ भइरहेको छ । यो एक्सन फिल्ममा निर्माता आदित्य चोपडाले ठुलो रकम खर्च गरिरहेका छन् ।
स्टारकाष्टका कारण पनि फिल्मको चर्चा धेरै भइरहेको छ । वार २ मा ऋतिक रोशनको साथमा दक्षिण भारतीय सुपर स्टार जुनियर एनटीआर पनि एक्सन अवतारमा देखिँदै छन् ।
फिल्मको पछिल्लो अपडेटका अनुसार जुनियर एनटीआरले मुम्बईमा फिल्मको आफ्नो पहिलो शेड्यूलको सुटिङ पूरा गरिसकेका छन् । ऋतिकले मुम्बईको स्टुडियोमा वार २ को सुटिङ सुरु गरिसकेका थिए । त्यसपछि जुनियर एनटीआर पनि उनीसँग जोडिए । मुम्बईमा फिल्मको पहिलो शेड्युलको सुटिङ पूरा गरेपछि जुनियर एनटीआर गृहनगर हैदराबाद फर्किएका छन् । हैदरावाद फर्कने बित्तिकै उनले मतदान पनि गरे ।
हालै सामाजिक सञ्जालमा जुनियर एनटीआरको एउटा भिडियो भाइरल भएको थियो । यसमा उनी वार २ को लुकमा थिए । खबरका अनुसार यस फिल्ममा जुनियर एनटीआर भिलेनको भूमिकामा छन् । यसमा ऋतिक र एनटीआर बाहेक कियारा आडवाणी पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म आगामी वर्ष अगस्ट १४ मा विश्वभर रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण