प्रोटिन पाउडर खानुहुन्छ ? मिर्गौला खराब होला है
काठमाडौँ । युवा पुस्तामाझ प्रोटिन पाउडरको प्रयोग निकै बढेको छ । विशेष गरी नियमित रूपमा जिम जाने र व्यायाम गर्नेहरूमाझ यसको प्रयोग उच्च पाइन्छ । तर तपाईँले मसल्स बढाउन, खेलकुदमा आफ्नो प्रदर्शन सुधार्न र दैनिक प्रोटिनको खपत पूर्ति गर्न सेवन गर्ने यस्ता धुलो प्रोटिन घातक पनि छ । के तपाईँलाई यसबारे थाहा छ ?
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) नेसनल इन्स्टिच्युट अफ न्यूट्रिसन (एनआईएन)ले हालै एउटा निर्देशिका जारी गरेको थियो । यसमा आईसीएमआर–एनआईएनले प्रोटिन सप्लिमेन्टको प्रयोगबारे चेतावनी जारी गरेको छ । आईसीएमआर–एनआईएनका निर्देशक डा. हेमलता आरले डाक्टरहरूको एउटा समूहद्वारा १४८ पृष्ठको १७ डाइट्री गाइडलाइन जारी गरेका छन् । यसलाई हरेक उमेरका मानिसहरूले पालना गर्नु पर्ने भनिएको छ ।
खानपिनका कारण बढिरहेको छ बिरामी
शारीरिक गतिविधि र स्वस्थ आहारले कोरोनरी हार्ट डिजिज, उच्च रक्तचापलाई कम गर्न र टाइप २ मधुमेहलाई ८० प्रतिशतसम्म रोक्न सहयोग गर्न सक्छ । साथै कुपोषण, मोटोपनसँग लड्न पनि मद्दत गर्न सक्छ भनेर निर्देशिकामा भनिएको छ ।
तर यस निर्देशिकामा मसल्स बनाउन प्रोटिन सप्लिमेन्ट खानबाट बच्न सिफारिस गरिएको छ । प्रोटिन पाउडर र हाई प्रोटिन कन्सन्ट्रेट लामो समयसम्म सेवन गर्दा हड्डीमा मिनरल्सको कमी हुने र मिर्गौला खराब हुने जस्ता समस्या देखिन सक्ने निर्देशिकामा भनिएको छ । प्रोटिन पाउडरको सेवन धेरै गर्दा मिर्गौलामा दबाब धेरै पर्छ । मिर्गौलाले रगतमा भएका वेस्ट प्रडक्टहरू फिल्टर गर्ने काम गर्छ । पूरक प्रोटिनको खपत धेरै हुँदा किड्नीको काम बढ्छ ।
केही प्रकारका पूरक प्रोटिनले पाचनमा समस्या उत्पन्न गराउँछ । पेट फुल्ने, पखाला लाग्ने, कब्जियत हुने जस्ता समस्या देखिन सक्छ । दिनहुँ रूपमा पूरक प्रोटिनको खपत धेरै गर्दा भोजनमा पोषण असन्तुलन उत्पन्न हुन्छ । अन्य खालका पोषणको अभाव हुने स्थिति उत्पन्न हुन्छ । खर्च हुने भन्दा बढी क्यालोरीको खपत हुँदा कसैकसैमा मोटोपनाको समस्या देखिन सक्छ ।
कसरी बनाइन्छ प्रोटिन पाउडर ?
प्रोटिन पाउडर अन्डा वा दूध वा व्हे (पनीरको बायोपडक्ट), भटमास, केराउ वा चामल जस्ता वस्तुबाट तयार पारिन्छ । केही प्रोटिन पाउडरलाई प्रोटिन सप्लिमेन्टको रूपमा पनि प्याकेटमा बेचिन्छ । त्यसमा कयौँ स्रोतबाट निकालिएको प्रोटिन हुन्छ । प्रोटिन पाउडरमा अतिरिक्त चिनी, गैर–क्यालोरी चिनी र कृत्रिम चिनी जस्ता तत्त्व पनि हालिएको हुन्छ । त्यसैले दिनहुँ प्रोटिनको धुलो सकेसम्म खानु हुन्न । व्हे प्रोटिनमा ब्रान्च्ड चेन अमिनो एसिड हुन्छ । यसले नसर्ने रोग (एनसीडी)को खतरा बढाउन सक्ने प्रमाण हालै भेटिएको छ ।
खेलाडीहरू धेरैजसो प्रोटिन पाउडर सेवन गर्छन् । तर प्रोटिन पाउडरको आवश्यकता सामान्यतः सोचिएको जस्तो हुँदैन । स्वस्थ वयस्कहरूमा लामो समयसम्म रेजिस्टेन्ट ट्रेनिङको समयमा प्रोटिन सप्लिमेन्ट मसल्सको मजबुती र यसको साइजमा सामान्य मात्रै वृद्धि गर्न सक्ने रिसर्चको निष्कर्षबाट सङ्केत मिलेको छ । दिनहुँ प्रतिकिलो १ दशमलव ६ ग्राम भन्दा धेरै प्रोटिनको सेवनले रेजिस्टेन्स एक्सरसाइजमा खासै फाइदा गर्दैन ।
कसरी गर्ने त प्रोटिनको पूर्ति ?
खेलाडीहरूले सप्लिमेन्टबाट पाउने प्रोटिन भोजनबाटै पनि पाउन सक्छन् । प्रोटिन टन्नै पाइने खानेकुरा खाएर यसको पूर्ति गर्न सकिन्छ । धुलो प्रोटिन खानै पर्दैन । निर्देशिकामा प्रोटिनका लागि तरकारी, फलफूल, होल ग्रेन, सबै खाले बदाम र बियाँहरूलाई नियमित भोजनमा सामेल गरेर पनि प्रोटिनको पूर्ति गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण