पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको पार्टी
विराटनगर । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।
लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् । उनी कोशी प्रदेशको दुई पटक स्वास्थ्य मन्त्री भएकी थिइन् ।
हिक्मत कार्कीको नेतृत्वमा सरकार भएको बेला लिम्बु स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्य मन्त्री भएकी थिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदा उनी स्वास्थ्य मन्त्री भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण