कपडामा लेपन गरेर सुन ल्याउने दुई भारतीयलाई ७ दिन थुनामा राख्न अनुमति
सुन गाल्न राष्ट्र बैंक पठाइँदै
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ०९
काठमाडौँ । दुबईबाट कपडामा लेपन गरेर सुन लिएर आएका दुई जना भारतीय नागरिकलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आइतबार प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार गणेशनलाई पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो । अण्डरवेयर, टिसर्ट र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ ।
कपडा र सुन छुट्याएर यकिन परिमाण निकाल्न राष्ट्र बैंकमा पठाउन लागिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बरालले रातोपाटीलाई बताए । उनले भने, ‘सुन गाल्न राष्ट्र बैङ्कमा पठाउँछौँ ।’ आरोपीहरुलाई भन्सार ऐन अन्तर्गतको कसुरमा विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण