सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रपछि गौतमबुद्ध रङ्गशाला निर्माणको ठेक्का रद्द
काठमाडौँ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको ठेक्का रद्द गरेको छ । निर्माणकर्ता कम्पनीले त्रुटि गरेको पाइएपछि ठेक्का रद्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले रातोपाटीलाई जानकारी दिए ।
महानगरले छिट्टै अर्को ठेक्का आह्वानको तयारी गरिरहेको उनको भनाइ छ । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले महानगरबाट निर्माणकर्ता कम्पनीको फाइल मगाएको थियो,’ उनले भने, ‘सम्पूर्ण कागजात अध्ययनपछि कार्यालयले त्रुटि रहेको भन्दै पत्र लेखेको थियो ।’
ठेक्का पाएको कम्पनी एमए कन्सट्रक्सनले पाएको थियो । फागुन १७ गते आह्वान गरिएको ठेक्काको समय ३० दिनको थियो । जसमा एउटा मात्रै कम्पनीले टेन्डर आह्वान गरेको थियो । ठेक्का पाउने कम्पनीविरुद्ध खरिद अनुगमन कार्यालयमा उजुरी परेको थियो ।
उजुरीपछि अध्ययन गर्दा त्रुटि भेटिएकाले रद्द गर्न पत्र आएको र सोअनुसार मङ्गलवार ठेक्का रद्द गरिएको भारतीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रङ्गशाला अलपत्र परिरहेको थियो । फाउन्डेसन टाट पल्टिएपछि उनीहरूले रङ्गशालाको निर्माण कार्य छाडेका थिए ।
फाउन्डेसनले छाडेपछि झन्डै दुई वर्षसम्म निर्माण कार्य रोकिएको थियो । तर पछि भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणको जिम्मेवारी लिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको समेत लगानी हुने गरी रङ्गशाला निर्माणको सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण