एमएडब्लूले ल्यायो एमएचपीएल मोबाइल एप
काठमाडौँ । एमएडब्लू हायर पर्चेज प्रालिले ग्राहकहरूको सेवामा सहजताका लागि ‘एमएचपीएल एप’ को सुरुवात गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरे ।
‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रूपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने कम्पनीले जनाएको हो । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रूपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने कम्पनीको भनाई छ।
एमएचपीएल एपमा कर्जा विवरणहरूको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरू उपलब्ध, कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु तथा झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेसलगायत सुविधाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण